29 August 2026, भाद्र कृष्ण प्रतिपदा
१२ वटै राशिको आजको फलादेश
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ अवसरको पूर्ण लाभ लिन सक्नुहुनेछ। मेहनतले समस्याहरू सुल्झिनेछन्। आफ्नो कमी कमजोरी सुधार्ने समय छ। स्वादिष्ट भोजनको आनन्द मिल्ला।
शुभ रंग: सेतो | शुभ अंक: ७
वृष - इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आफ्नो अनुकूलतामा सबै कार्य सम्पादन गर्न सकिनेछ। बोलीको माध्यमले कार्य सिद्ध हुनेछन्। तपाईंको विचारको सम्मान हुनेछ।
शुभ रंग: हरियो | शुभ अंक: २
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, हा
घरपरिवारमा मेलमिलापको वातावरण बन्नेछ। विश्वासपात्रको सहयोग मिल्नाले आत्मबल बढ्नेछ। समाजमा मानसम्मान पाइएला। सकेसम्म यात्रा नगर्नुहोस्।
शुभ रंग: हरियो | शुभ अंक: ६
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
गोप्य योजनाहरू सफल बन्नेछन्। आस मार्दो कार्य बन्नाले नयाँ कार्यतर्फ मन लाग्नेछ। सन्तानबाट शुभ समाचार पाइनेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्।
शुभ रंग: हरियो | शुभ अंक: ३
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ। शिक्षाको क्षेत्रमा विद्यार्थीहरूलाई गुरुजनहरूको सहयोग मिल्नेछ। व्यापार व्यवसायको लागि गरिएको यात्रा लाभदायी रहनेछ।
शुभ रंग: निलो | शुभ अंक: ४
कन्या - टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
कार्यक्षेत्रमा समयमा कार्य सम्पादन हुनेछ। नोकरी वा पेशामा शुभचिन्तकहरूको सहयोगले रोकिएका कार्य प्रारम्भ हुनेछन्। नयाँ कार्यको जग बसाउने समय छ।
शुभ रंग: पहेलो | शुभ अंक: ७
तुला - रा, रि, रु, रे, रो, ता, ति, तु, ते
परिवारको साथ र सहयोगले मन प्रफुल्लित रहनेछ। धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुनुपर्ला। व्यापारमा विषयवस्तुलाई बुझेर निर्णय लिनुहोस्।
शुभ रंग: निलो | शुभ अंक: ७
वृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
अनावश्यक शंका नगर्नुहोस्। अधिकारीहरूको समक्ष प्रतिभा देखाउने अवसर प्राप्त हुनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्।
शुभ रंग: रातो | शुभ अंक: १
धनु - ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
मेहनतको फल पाउने दिन छ। नयाँ योजना सुरु गर्न राम्रो समय। आयका नयाँ स्रोत बन्न सक्छन्। परिवारबाट सहयोग मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्।
शुभ रंग: पहेलो | शुभ अंक: 3, 9
मकर - भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, ग, गि
लगानी र नयाँ कामको लागि दिन राम्रो छ। पुराना साथीसँग भेटघाट हुन सक्छ। खर्चमा नियन्त्रण गर्नु राम्रो हुन्छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज चन्द्रराशि कुम्भ छ। सामाजिक काममा सफलता मिल्नेछ। परोपकारी काममा मन जानेछ। मान-सम्मान बढ्नेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सृजनात्मक काममा मन लाग्नेछ। अध्ययन-अध्यापनमा प्रगति हुनेछ। कुनै शुभ समाचार सुन्न पाइएला। धैर्य राख्नुहोस्।
आजको पञ्चाङ्ग: पूर्वभाद्रपदा नक्षत्र, चन्द्रराशि कुम्भ
प्रतिक्रिया