×

तीस युनिट विद्युत महशुल निःशुल्क हुने सङ्कल्प प्रस्ताव

images

आसत्र स्थानीय तहको निर्वाचनको सन्दर्भमा विराटनगर महानगरपालिकाका लागि नेपाली कांग्रेसका तर्फबाट भएका सबै पदका उम्मेदवारले सामूहिकरूपमा सङ्कल्प लिएका छन् । विराटनगर महानगर समितिद्वारा आज यहाँ आयोजित ‘स्थानीय तह सङ्कल्पपत्र घोषण कार्यक्रम–२०७९’ सार्वजनिकीकरण समारोहमा उम्मेदवारहरुले सङ्कल्प लिएका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अर्थमन्त्री महेश आचार्य, केन्द्रीय सदस्य डा डिला सङ्ग्रौला र विराटनगर महानगरपालिकाका पूर्वप्रमुख भीम पराजुलीको उपस्थितिमा भएको सो कार्यक्रममा महानगरका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले भ्रष्टाचारलाई शून्यमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले नगरलाई व्यवस्थित एवं सफा र हरियाली बनाउने, सीमान्तकृत नागरिकले उपभोग विद्युत् महशुलमा ३० युनिटलाई निःशुल्क बनाउने र विराटनगर महानगर अस्पताल बनाई नागरिकको स्वास्थ्यमा विशेष योगदान दिने प्रतिबद्धता व्यक्त्त गर्नुभयो ।

जम्मा ५९ वटा बुँदालाई समेटर बनाइएको सङ्कल्प प्रस्तावअनुसार काम भएमा विराटनगर देशकै एक नमूना सहर बत्रे विश्वास जनतामा जागेको देखिन्छ । एक नगरवासीले ३० युनिट खपत गर्ने परिवारलाई विद्युत् निःशुल्क गर्ने प्रस्ताव हामी निमुखालाई निकै राहत पुग्ने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, रोजगार सिर्जना गर्ने जस्ता सङ्कल्पअनुसार काम भएमा नगरमा समृद्ध आउने कुरालाई कसैले पनि नकार्न नसकिने स्पष्ट पार्नुभयो ।

शुक्रबार​ १६ बैशाख २०७९ ११:४८ PM मा प्रकाशित

प्रतिक्रिया