×

रमेश लेखकलाई अदालत उपस्थित गराइयो

images

काठमाडौं। शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा हिजो पक्राउ गरेका लेखकलाई भर्खरै अदालतमा उपस्थित गराइएको हो। लेखकलाई यसअघि सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर सोधपुछ गरिएको थियो।

आजै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालत उपस्थित गराइँदै छ। गत भदौ २३- २४ गते जेनजी पुस्ताको प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्‍याउँदै कारबाही सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा उनीहरूमाथी अनुसन्धान गर्न आज म्याद गरिँदैछ। 

गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए । प्रदर्शनको क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा समेत आगजनी तोडफोड लुटपाट भएको थियो ।

सो घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठह¥याउँदै कारबाही सिफारिस गरेको थियो ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेपछि शनिबार बिहान झिसमिसेमै प्रहरीले ओली र लेखकलाई भक्तपुरस्थित निवासबाटै नियन्त्रणमा लिएको थियो ।

आइतबार​ १५ चैत २०८२ १२:०९ PM मा प्रकाशित

प्रतिक्रिया