वीर अस्पतालको पार्किङ समस्या झेल्ने कहिले सम्म ?

    images

    काठमाडौं महानगरपालिकामा सवारी पार्किङको समस्या जटिल बनेको छ। महानगरभित्र व्यवस्थित सवारी पार्किङ गर्ने ठाउँ नहुँदा सवारी चालक समस्यामा पर्ने गरेका छन् ।त्यतै गरि राधानीकै पुरानो र ठूलो वीर अस्पतालको पार्किङ नहुँदा अस्पतालमा आउने सेवाग्राहीलाई पनि सवारी राख्ने ठाउँ खोज्दै समय बित्ने गर्दछ। वीर अस्पतालको नयाँ भवनमा अन्डरग्राउन्ड दुई तला पार्किङकै लागि छुट्याइए पनि सेवाग्राहीले त्यहाँ पार्किङ गर्न पाइरहेका छैनन् । ।

    वीरमा कर्मचारीहरुकै सवारी अध्याधिक हुने भएकाले अरुलाई पार्किङको सुविधा नदिएको भन्दै त्यहाँ खटिएका सुरक्षा गार्डको भनाइ छ।अव्यवस्थित पार्किङले सेवाग्रहिले लामो समयदेखि सास्ती खेप्दै आएका छन् ।

     विरामी उपचार गर्न आउने सेवाग्राहीहरुको समस्या सुल्झाउछ कसले ? 

    पार्किङस्थल भएका अस्पतालमा व्यवस्थापन गतिलो छैन। जसका कारण सेवाग्राहीले अस्पताल छिर्नासाथ झमेला व्यहोरिरहेका छन्। पार्किङ गर्ने ठाउँ नपाएर आक्रोशित सेवाग्राही र सुरक्षागार्डबीच हरेक दिनजसो भनाभन पनि हुने गरको छ। उदारहरणको लागि आज देखिएको घटनानै छ।

    ब्लड खोज्नन वीर अस्पतालमा आउदा आफ्नो सवारी साधन २०मिनेत राख्छु भन्दा खेरि नि सुरक्षा गार्डले सवारी साधन भित्र छिराउन दिएन , अब सवारी साधन का लगेर राख्नु ब्लड पुराउन हतार भैरहेको बेला बाहिर पार्किङ निषेध लेखिएको छ। सुरक्षा गार्ड भन्छ हामीलाइ माथि बात आदेश आको छ , जागिर जान्छ भन्नि डर छ।

    यो समस्या कसले सुन्छ , सरकारले सुन्नी हो कि , अस्पतालको व्यवस्थापनको कमजोरी होकी, पार्किङ ठेकदारको मनोमानी हो ? स्वास्थ्य सेवा विभागले २०७४ मा बनाएको ‘स्वास्थ्य भवन पूर्वाधार डिजाइन तथा निर्माणसम्बन्धी निर्देशिका’ मा अस्पताल, स्वास्थ्य चौकी, जनस्वास्थ्य कार्यालय, मेडिकल स्टोरसमेतले पार्किङको व्यवस्था गर्नुपर्ने उल्लेख छ । तर, वीर अस्पतालले सेवाग्राहीलाइ पार्किङको व्यवस्था गरेको छैन।    

      बिहीबार १६ फागुन २०८० ०४:२६ PM मा प्रकाशित

      प्रतिक्रिया