×

चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न

images

काठमाडौं।  चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न भएको छ । नियमित रुपमा हरेक वर्ष आयोजना गरिदै आएको राष्ट्रिय साधना म्युजिक रिवार्ड नेपालको पहिलो रिवार्ड हो । पहिलो र दोश्रो अवार्डकै रुपमा रहेपनि तेश्रोबाट रिवार्ड भएको साधना म्युजिक  रिवार्ड, यसपटक विभिन्न २३ विधामा अवार्ड प्रदान गर्दै सकिएको छ । सामना म्युजिक क्रियशनको आयोजनामा गरिदै आएको रिवार्ड कार्यक्रममा सभापतित्व क्रियशनकी अध्यक्ष सामना साहले गरेकि थिईन् भने कार्यक्रमको प्रमुख अतिथि चलचित्र विकाश बोर्डका अध्यक्ष तथा सदावहार नायक भुवन के.सी थिए । रिवार्ड कार्यक्रम २३ विधामा रिवार्ड प्रदान गरिएको छ ।

कार्यक्रममा लोकदोहोरी विधा तर्फ सर्वोत्कृष्ट लोकगीत शम्भु कुंवरको माईली, शब्दमा सन्तोष केसीको घर कहाँ हो बैनीको, सर्वोत्कृष्ट लय प्रितम पोख्रेलको मुसी, सर्वोत्कृष्ट गायक डाँडैको टुनीबाट अर्जुन सापकोटा, सर्वोत्कृष्ट गायिका  पछेउरी शाटनको बाट नलिना परियार, सर्वोत्कृष्ट पुरुष मोडल  अभिनयमा बरै बाट विराज विष्ट, सर्वोत्कृष्ट महिला मोडल अभिनयमा तिम्रो घरमा मेरी छोरीबाट टिका जैशी, सर्वोत्कृष्ट पुरुष मोडल नृत्यमा उपहार रातो सल बाट रविन सिंह ठकुरी, सर्वोत्कृष्ट महिला मोडल नृत्यमा आरुषि मगरले रिवार्ड प्राप्त गर्न सफल भएका छन् ।

कार्यक्रममा आधुनिक पप÷पप विधा तर्फ सर्वोत्कृष्ट शब्द रचनामा मायाको डोरीबाट विपिन किरण, सर्वोत्कृष्ट संगीतमा पिडाबाट सरोज कोईराला, सर्वोत्कृष्ट गायकमा नखराबाट डेविट शंकर, सर्वोत्कृष्ट गायिकामा साँन्बाबु बाट प्रतिमा के.सी, सर्वोत्कृष्ट मोडल पुरुषमा यो मायामा खोटबाट विक्रम बुढाथोकी, सर्वोत्कृष्ट मोडल महिला आँधी रातबाट निरुता शाही, सर्वोत्कृष्ट भिडियो निर्देशकमा आँधी रातबाट श्रृजन बरालले रिवार्ड प्राप्त गर्न सफल भएका छन् ।
त्यस्तै कार्यक्रममा सर्वोत्कृष्ट छायाँकार भिरमाहुरीबाट दुर्गा पौडेल, सर्वोत्कृष्ट भिडियो सम्पादकमा सोल्टी बजार बाट अमृत चापागाई, सर्वोत्कृष्ट एरेन्जरमा भन साईलाबाट विश्वास नेपालले प्राप्त गरेका छन् ।
त्यस्तै रिवार्ड कार्यक्रममा पब्लीक च्वाईस अवार्ड एक दिन उज्यालो छाउलाबाट गोविन्द मधुर आचार्य, जुरी अवार्ड मोडल अभिनय नुनको भारीबाट सरस्वती खत्री, जुरी अवार्ड मोडल नृत्यमा फुलफुल्यो अमलाबाट सिम्रन दुलाल, पब्लीक च्वाईस भिडियो निर्देशकमा एक दिन उज्यालो छाउलाबाट काजीश श्रेष्ठले प्राप्त गरेका छन् ।

बिहीबार १७ फागुन २०८० ०५:४३ PM मा प्रकाशित

प्रतिक्रिया