×

फेरि बने रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको रास्वपाका महासचिव तथा प्रवक्ता डा.मुकुल ढकाललेजानकारी दिए ।  

images

रवि लामिछानेले लिए नेपाली नागरिकता

काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । सर्वोच्च अदालतको शुक्रबारको फैसलापछि अनागरिक बनेका उनले आइतबार जिल्ला प्र...

प्रवक्ता ढकालले भने, ‘आजको बैठकमा उहाँलाई आमन्त्रित केन्द्रीय दसस्यका रुपमा बोलाइएको थियो । बैठकले उहाँलाई सभापतिमा  पुनर्बहाली गरेको छ ।’ रविले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।

images

लामिछानेको नागरिकता विवाद उछालेर सत्ता समीकरणमा फेरबदल ल्याउने प्रयास भो - महासचिव शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछानेको नागरिकता विवाद उछालेर सत्ता समीकरणमा फेरबदल ल्याउने प्रयास भएको दाबी गरेका छन्...

अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पदमा गुमेको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाएका थिए।

आइतबार​ १५ माघ २०७९ ०५:१८ PM मा प्रकाशित

प्रतिक्रिया