×

इरान र अजरबैजानमा शक्तिशाली भूकम्प- ५ जनाको मृत्यु ८०० जना भन्दा धेरै घाइते

images

काठमाडौं । शनिबार राति गएको शक्तिशाली भूकम्पमा परेर इरानमा कम्तिमा पनि ३ जना र अजरबैजानमा २ जनाको मृत्यु भएको छ । दुवै देशमा गरेर ८०० जना भन्दा धेरै घाइते भएका छन् । इरानको सरकारी मिडिया एजेन्सी आइआरएनएले जानकारी दिएको छ । भूकम्पका कारण थुप्रै भवनमा क्षति पुगेको छ ।

रिपोर्टका अनुसार भकम्पको म्याग्नेच्युड ५.९ मापन गरिएको छ । यो भूकम्प स्थानीय समयानुसार शनिबार राती ९ बजेर ४४ मिनेटमा आएको थियो र यसको केन्द्र जमिनभित्र सात किलोमिटर भित्र थियो ।

भूकम्पको केन्द्र उत्तरपश्चिम इरानको वेस्ट अजरबैजान प्रान्तको खोय शहर थियो । यो इलाका टर्कीसँग जोडिएको सीमाको नजिक छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पका कारण कम्तीमा ५  जनाको मृत्यु भएको छ र ८०० जना भन्दा धेरै घाइते भएका छन् ।

iran1

भूकम्पका कारण थुप्रै घरमा क्षती पुगेको खबर छ ।

भूकम्पबारे जानकारी दिने युरोपियन–भूमध्यसागरीय केन्द्रले बताए अनुसार  झड्का छिमेकी देश अजरबैजानका साथै टर्की, इराक तथा अर्मेनियामा पनि महसुस भएको छ ।

आइतबार​ १५ माघ २०७९ १२:४९ PM मा प्रकाशित

प्रतिक्रिया