×

डोजर आतङ्क बन्द गर्न माग गर्दै काठमाडौं महानगरविरुद्ध माइतीघरमा प्रदर्शन

images

काठमाडौं । काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन भएको छ । काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए।

महानगरले सडक विस्तारका नाममा बिना अध्ययन, अनुसन्धान डोजर चलाएको आरोप लगाउदै महानगरका मेयर बालेन शाहले जवाफदेहिता बिना काम गरेको उनिहरुको भनाई छ । प्रदर्शनमा सहभागीहरूले डोजर आतङ्क बन्द गर्न, सडक विस्तारको नाममा उठिबास नगर्न, आदिवासीको भूमिको अधिकार सुनिश्चित गर्न माग गरेका छन् । 

आइतबार​ १५ माघ २०७९ ०३:३६ PM मा प्रकाशित

प्रतिक्रिया