×

धनकुटा ‘कन्सर्ट’को भीडमा च्यापिएर ३० जना घाइते, तीनको अवस्था गम्भीर

images

विराटनगर । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी ३० जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूमध्ये तीन जना गम्भीर छन्।

जसमध्ये १६ जनाको उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । यस्तै २ जना विराटनगरस्थित गोल्डेन अस्पतालमा र अन्य १२ जना भने धनकुटा अस्पतालमा उपचार पछि डिस्चार्ज भएको धनकुटा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए ।धनकुटा नगरपालिका ५ टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि ठेलमठेल हुँदा सो घटना भएको हो।  

शनिबार राती ८ बजेको समयमा धनकुटा नगरपालिका ६ स्थित तल्लो टुँडिखेलमा महोत्सव आयोजना भएको थियो । गत माघ ६ गतेदेखि आयोजित एभोकाडो एवं पाचौँ धनकुटा महोत्सवमा राष्ट्रिय कलाकार (गायक) प्रमोद खरेलले प्रस्तुति दिने कार्यक्रम थियो । त्यस क्रममा मानिसहरूको धेरै भिडभाड भई गेटबाट भित्र प्रवेश गर्ने क्रममा एक आपसमा ठेलमठेल भई मानिस चेपिएका थिए । 

आइतबार​ १५ माघ २०७९ ११:३३ AM मा प्रकाशित

प्रतिक्रिया