×

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ३ अर्बमाथिको कारोबार

images

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ।  नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।

आज शेयर कारोबार मापक नेप्से परिसूचक १४.६८ अंकले घटेर २१६८.५३ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८३ अङ्कले घटेर ४१०.३१ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६७ कम्पनीको ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आईएमई जनरल इन्स्योरेन्स अग्रिम स्थानमा छ। यसको आज ९ करोड ९९ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन उर्जा विकास कम्पनी र एनआईसी एशिया बैंकको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसूचकमध्ये दुई उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर, इस्तन हाइड्रोपावर, आदर्श लघुवित्त र  सुर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर भाउ १० प्रतिशतले बढेको छ। यी कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यस्तै, समृद्धि फाइनान्स र सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

११ उपसमूहको परिसूचक ओरालो लाग्दा यस दिन नेप्से परिसूचक ०.६७ प्रतिशत अर्थात १४.६८ अंक घटेर २१६८.५३ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.८३ अंक, फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंक घटेको छ। यस दिन २६७ स्टकको ५१ हजार ९७३ पटकको कारोबारमा ३ अर्ब १ करोड ७० लाख ६३ हजार रुपैयाँ बराबरको ८२ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार​ १५ माघ २०७९ ०३:४२ PM मा प्रकाशित

प्रतिक्रिया