×

डेढ–डेढ करोड पुरस्कार राशिको ‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’ घोषणा

images

नेपालकै सबैभन्दा ठूलो धनराशिको रियालिटी शा ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ आयोजना हुने भएको छ । आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले बुधबार साँझ काठमाडौंको होटल मेरियटमा एक कार्यक्रमको आयोजना सहित शोको घोषणा गरेको हो ।

यसअघि ‘मेरा डान्स कप र मेरो भ्वाइस कप यूएसए’को आयोजना गरिसकेको इन्ट्रा फाउन्डेशनले अब विश्वभर छरिएर रहेका नेपाली भाषीहरुलाई समेटर दुई रियालिटी शोको आयोजना गर्न लागेको हो ।
१६ बर्ष माथिका नेपाली भाषीहरुले यो प्रतियोगीतामा भाग लिन पाउने प्रतियोगीतामा भाग लिन चाहने नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउललोड गरेर आफ्नो नाम आवेदन दिन सक्नेछन् ।

यी दुबै रियालिटी शोका विजेताले १–१ करोड पुरस्कार समेत पाउनेछन् । नेपालमा आजसम्म यति ठूलो धनराशीमा कुनै पनि रियालिटी शो आयोजना भएको छैन । यस्तै, दुबै रियालिटी शोको फस्ट रनरअपले ३०–३० लाख र सेकेन्ड रनरअपले २०–२० लाख पुरस्कार राशी प्राप्त गर्नेछन् ।

हामी हाम्रो संकृति जोगाउन एकजुट भएर लाग्नुपर्ने फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले बताए । ‘हाम्रो पहिचान नै हाम्रो भाषा, संकृति र दुःखमा परेकाहरुलाई मद्दत गर्नुपर्छ’ उनले भने, ‘फाउन्डेशनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो ।’

घोषणा समारोहमा दुबै रियालिटी शोका निर्णायक मण्डलहरुलाई समेत परिचय गराइएको थियो । ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान छन् । यस्तै, ‘मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा मिथिला शर्मा, दिलिप रायमाझी, शंकर बीसी, केकी अधिकारी, प्रियंका कार्की, नरमन राई छन् ।

यी दुबै शोको निर्देशन एलिन श्रेष्ठले गर्नेछन् । फाउन्डेशनले नेपाल बाहेक म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत सहभागीता रहने अपेक्षा गरेको छ ।

कार्यक्रममा वरिष्ठ संगीतकार रञ्जित गजमेर र नायक राजेश हमालले फाउन्डेशनले गर्दै आएका कामको प्रशंसा गरे । उनीहरुले, फाउन्डेशनले नेपाली कला, संकृति विश्वमाझ परिचित गराउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । 

बुधबार १३ पुस २०७९ ०९:३७ PM मा प्रकाशित

प्रतिक्रिया