×

म्यानचेस्टरले निकाल्यो प्रभावशाली जित

images

म्यानचेस्टर । क्रिस्टियानो रोनाल्डोविनाको म्यानचेस्टर युनाइटेड अहिले लयमा देखिन थालेको छ र यो क्लब समर्थकका लागि खुसीको उपलब्धी हो । लिगकपको क्वाटरफाइनलमा प्रवेश गरेयता म्यानचेस्टरले मंगलबार इंग्लिस प्रिमियर लिगमा मंगलबार प्रभावशाली जित निकालेको छ र यसका लागि उसले नटिङ्घम फरेस्टलाई सजिलै ३–० ले हराएको हो ।

विश्वकपको विश्रामको बेला म्यानचेस्टर र रोनाल्डो अलग भएका थिए । त्यस अगाडि उनले क्लब र व्यवस्थापक एरिन टेन हागको चर्को आलोचना गरेर निर्णय गरेका थिए । यता मैदानमा फरेस्टमाथिको जितमा भने मार्कस रसफोर्डले एक गोल गरे । बाँकी गोल एन्टोनी मार्सियल र फ्रेडको नाममा रह्यो ।

यो जितले म्यानचेस्टरको शीर्ष चारको सम्भावना पनि बलियो देखिएको छ । यो जितले म्यानचेस्टरको २९ अंक भएको छ र पाँचौं स्थानमा छ । मंगलबारको अर्को खेलमा चेल्सीले बर्नमाउथलाई २–० ले हरायो । यो नतिजापछि चेल्सीको २४ अंक भएको छ र आठौं स्थानमा छ । उसका लागि काइ हाभरटेज र मेसन माउन्टले गोल गरे । 

बुधबार १३ पुस २०७९ ०८:४१ AM मा प्रकाशित

प्रतिक्रिया