×

थापाथलीको सुकुम्बासीबस्तीमा डोजर चलेपछि तनावग्रस्त

images

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । आज पौने २ बजे महानगरले सुकुम्बासी बस्तीमा डोजर चलाएको हो । उता सुकुम्बासीहरुले भने बस्तीमा डोजर चलेपछि ढुंगामुढा प्रहार गरेका छन् । उनीहरुले कुनै पनि हालतमा बस्तीमा डोजर लाउन नदिन प्रतिकारको तयारीस्वरुप लाठी, ढुंगा घरेलु हतिायरसहित तयार बसेका छन् । 

सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो ।  वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो ।

सोमबार १२ मंसिर २०७९ ०३:१० PM मा प्रकाशित

प्रतिक्रिया