×

सुनसरी ४ मा मतगणना सुचारु गर्न निर्वाचन आयोगको निर्देशन

images

सुनसरी । सुनसरी-४ मा स्थगित मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । मतगणनामा धाँधली भएको भन्दै कांग्रेसका उम्मेदवार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः गणनाको माग राखेपछि ४८ घण्टादेखि यहाँ गणना रोकिएको थियो ।

तर  आयोगले मन्त्री कार्कीको माग अस्वीकार गर्दै मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको निर्वाचन कार्यलयका सहायक-निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले जानकारी दिए ।

बराहक्षेत्र ८ को मतगणना हुँदै गर्दा ब्यालेटभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको आरोप लगाउँदै मतगणना रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माग गरेका थिए ।

बराहक्षेत्र नगरपालिकाका १० र ११, भोक्राहाका ७ र ८, हरिनगराका ६ र ७, कोशी गाउँपालिकाका ५ र ६ गरी ८ वटा वडाको मत गणना गर्न बाँकी छ ।

सोमबार १२ मंसिर २०७९ ०८:१३ PM मा प्रकाशित

प्रतिक्रिया