दोलखाका विवादित केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ । सोमबार बसेको जिल्ला निर्वाचन व्यवस्थापन सिमितिको बैठकले अगामी १५ गते पुनः निर्वाचन गराउने भएको हो ।
काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ । निर्वाचन आयोगकाअनुसार हालसम्म प्रतिनिधिसभ...
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १५९ क्षेत्रको परिणाम सार्वजनिक, कसले कहाँ जिते?
समितिले आजैदेखि निर्वाचनको तयारी थालेको छ । निर्वाचन आयोगले आइतबार १५ गते भित्र पुनः निर्वाचन गर्न निर्वाचन कार्यालय दोलखालाई निर्देशन दिएको थियो । दोलखाका १० मतदान केन्द्रमा बुथ कब्जा भएको निष्कर्ष आयोगको थियो। मंसिर ४ को चुनावमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै नेकपा एमालेले उजुरी दिएपछि निर्वाचन आयोगको टोली दोलखा पुगेर अध्ययन गरेको थियो।
यसपछि आयोगले विवादित केन्द्रमा पुन: मतदान गराउन भनेको थियो। प्रतिनिधि सभा सदस्याका उम्मेद्वार बालकृष्ण शिवाकोटीले विभिन्न स्थानमा बुथ कब्जा भएको भन्दै आयोगलाई उजरी दिएका थिए ।
आयोगका अनुसार वैत्यश्वरको वडा नं. ६ (क, ख, ग) तथा वैत्यश्वर ३ को कालिढुङ्गा (क, ख, ग) र वैत्यश्वर २ को जनज्योति (क, ख)मा पुन निर्वाचन हुने भएको छ । त्यसैगरी तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा पुनः चुनाव हुने भएको छ ।
प्रतिक्रिया