काठमाडौँ । मधेश प्रदेशमा हाल झाडापखाला तथा हैजाका २८३ सक्रिय केस रहेका छन् ।
प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले बुधबारसम्म गरेको परिक्षणको आँकडा अनुसार प्रदेशमा ११५ जना नयाँ केस थपिएको उल्लेख गरेको छ भने हालसम्म २८३ सक्रिय केस रहेको उल्लेख छ ।
केन्द्रले हाल सबैभन्दा बढी नारायणी आस्पतालमा १५८ जना उपचारत रहेका छन् भने अन्य १३ अस्पतालमा अन्य बाँकी संक्रमित उपचारत रहेका छन् ।
केन्द्रले अहिलेसम्म २५७ जना ठिक भएको उल्लेख गरेको छ । अहिलेसम्म संक्रमित पुष्टि भएकामध्ये अधिकांश वीरगन्ज महानगरपालिका वडा नम्बर ३, ११, १२, १३ र १६ का रहेका छन् ।
नारायणी अस्पताल बाहेक तराई अस्पताल, नेसनल मेडिकल कलेज, वीरगन्ज हेल्थ केयर, भवानी अस्पताल, प्रभु अस्पताल, एडभान्स मेडिकेयर अस्पतालमा, नारायणी सेन्टर अस्पताल, नेपाल इन्डो, नीलकण्ठ, नेपाल मेडिसिटी बयोधा, सर्वोत्तम अस्पताल र गण्डक अस्पतालमा संक्रमितहरुको उपचार भइरहेको केन्द्रले जानकारी दिएको छ ।
वीरगन्ज महानगर क्षेत्रमा खानेपानी संस्थानले आपूर्ति गरेको पानी वा नयाँ जडान गरिएका डीप बोरिङबाट संक्रमण फैलिएको व्यापक अनुगमन गरिए पनि हालसम्म हैजा संक्रमण फैलाउने श्रोतको आधिकारिक पुष्टि हुन नसकेको बताइएको छ ।
प्रतिक्रिया