×

रास्वपाको रुपन्देही-३ को उम्मेदवार छनौटको प्राथमिक निर्वाचनमा अहिलेसम्म ४२ प्रतिशत मतदान

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनौट गर्न ९ जना आकांक्षीबीच प्राथमिक निर्वाचन शुरु भएको जानकारी दिएको छ ।

प्रवक्ता मनिष झाका अनुसार मतदानका लागि आज बिहान ७ बजेदेखि भोलि साँझ ७ बजेसम्म ३६ घण्टाको समय अवधि तोकिएको छ ।

यस मतदानमा रुपन्देही-३ निर्वाचन क्षेत्रमा प्रारम्भिक निर्वाचनमा मतदान गर्न पाउने सदस्य २,७१६ जना क्षेत्रको पार्टी सदस्य र दलको केन्द्रीय समिती गरेर २,७७८ मतदाता रहेकोमा अहिलेसम्म १२ घण्टासम्ममा १,१६९ (४२.०८%) मत खसेको झाले जानकारी दिएका छन् । 

 

बिहीबार १२ भदौ २०८२ ०७:५२ PM मा प्रकाशित

प्रतिक्रिया