×

सुन्दरीजल खोलामा फसेका चार भारतीय र एक नेपाली तीर्थयात्रीको उद्धार

images

काठमाडौँ । काठमाडौंको सुन्दरीजल स्थित सुन्दरीमाई मन्दिर नजिकको खोलामा फसेका पाँच जनाको सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका छन् । 

सुन्दरीजल स्थित सुन्दरीमाई मन्दिर नजिकको खोलामा बहाव बढ्न गई बिचमा फसेका चार भारतीय र एक नेपाली तीर्थयात्रीको चन्दननाथ गणबाट खटिएको नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको छ । उनीहरु बोलबमका लागि गएको बेला खोलाको बहाब बढेपछि बिचमा फसेको बताइएको छ ।

सोमबार १३ साउन २०८२ ०५:३२ PM मा प्रकाशित

प्रतिक्रिया