काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा समाजवादी मोर्चाको गतिविधि, विभिन्न विधेयकलगायतका विषयमा छलफल भएको नेताहरूले जनाएका छन्।
यस अघि आइतबारपनि दुवै नेताहरुबीच भेटवार्ता भएको थियो । एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले समाजवादी मोर्चाको बैठक मंगलबार बस्ने र त्यसको तयारीको विषयमा छलफल भएको जानकारी दिएका छन् । साथै दुई पार्टीका कार्यकर्ताबीचको सहकार्यलाई व्यवस्थित गर्दै लैजाने विषयमा समेत छलफल भएको ज्वालाले जानकारी दिए ।
प्रतिक्रिया