धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विहीबार विश्वासको मत लिने भएका छन् । साउन १५ गते विहिबार ५ बजेदेखि बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने भएका हुन् ।
सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि संबैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहलाई विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो । नागरिक उन्मुक्ति पार्टीले असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ । जसमा कांग्रेसका १८ र एमालेका ११ सांसद रहेका छन् । त्यस्तै सुदूरपश्चिममा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक एक सांसद रहेका छन् ।
प्रतिक्रिया