×

कोरियामा मौसमी कामदार लैजाने भन्दै ठगी

images

काठमाडौं । केही व्यक्ति र वैदेशिक रोजगार व्यवसायीले कोरियाले नेपालबाट ठूलो संख्यामा मौसमी कामदार माग गर्न लागेको भ्रम फैलाएर सर्वसाधारण युवाबाट पैसा उठाउन सुरु गरेको फेला परेको छ ।

वैदेशिक रोजगार विभागले कोरियामा मौसमी कामदार पठाउने भनी केही व्यवसायीले पैसा लिएको उजुरी आएको जानकारी दिएको छ ।

विभागका निर्देशक एवं सूचना अधिकारी कृष्णप्रसाद भुसालले मौसमी कामदारका रुपमा दक्षिण कोरिया पठाउने भन्दै झुटो सूचना प्रकाशन गरेर पैसासमेत उठाएको भन्ने विभागमा उजुरी आएको बताए ।

भुसालले कोरियाले नेपालबाट मौसमी कामदार लिने कुरा सत्य भए पनि त्यो निजी क्षेत्रले नभई सरकारले पठाउने जानकारी दिए । उनका अनुसार कोरियाका स्थानीय तहले नेपालबाट मौसमी कामदार माग गरेका छन् । यी कामदारको छनोट नेपालका स्थानीय तहले गर्नेछन् र त्यसका लागि अनुमति विभागले दिनेछ । तर अहिले केही व्यवसायी र तिनका एजेन्टले आफूहरूले पठाउने भन्दै पैसा लिन सुरू गरेका छन् । आजको कारोबार दैनिकबाट

मङ्गलबार १६ फागुन २०७९ ०८:२३ AM मा प्रकाशित

प्रतिक्रिया