×

प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् पुनर्गठनका लागि छलफल सुरु गर्दै

images


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि मन्त्रिपरिषद् पुनर्गठनका लागि आठ दलीय गठबन्धनका शीर्ष नेतासँग छलफल गर्ने भएका छन् । 

गठबन्धनका कुन दललाई कति मन्त्रालय दिने भन्ने विषयमा शीर्ष नेताहरुको बैठकबाटै टुंगो लगाइने बताइएको छ ।

सरकारबाट नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारीका लागि आजदेखि छलफल शुरु गर्ने भएका हुन् ।
 

मङ्गलबार १६ फागुन २०७९ १०:३४ AM मा प्रकाशित

प्रतिक्रिया