×

प्रफुल र नङ्गशलको जित जारी

images


ललितपुरका प्रफुल महर्जन र भोजपुरकी नङ्गशल तामाङ्गले १३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगितामा शिर्ष ८ को एकल तर्फ लिगको प्रतिस्पर्धामा दोश्रो दिन पनि जित हात पारेका छन् ।
प्रफुलले पुरुष एकल तर्फको खेलमा एपिएफका देवराज रानालाई २१–१३, १३–२१, २१–१३ ले र नङ्गशलले महिला एकलमा एपिएफकी शोभा गौचनलाई २१–१६, २०–२२, २१–११ ले पराजित गर्दै लिगमा दोश्रो जित निकालेका हुन् ।
यस्तै लिगको पुरुष एकल तर्फ एपिएफका प्रिन्स दाहालले एपिएफकै बिजित थापा मगरलाई २१–११, २१–११, नेपाल पुलिसका सुनिल जोशीले पुलिसकै जीवन आचार्यलाई २१–१३, २१–१७ र पुलिसका बिष्णु कटुवालले पुलिसका दीपक बोहरालाई २१–१९, २१–१६ ले पराजित गरे । महिला तर्फको खेलमा ललितपुरकी रसिला महर्जनले सर्लाहीकी निकिता लामालाई २१–६, २१–३, आर्मीकी अनुमाया राईले मोरङ्गकी सिमा राजबंशीलाई २१–१८, २१–१६ र पुलिसकी निता लम्सालले आर्मीकी अमिता गिरीलाई २१–१४, २१–१७ ले पराजित गरे ।
एमाले निकट नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजना तथा चन्द्रगिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको सहयोगमा भएको खेलको शिर्ष ८ देखि बाहेकको पुरुष एकल तर्फको खेलमा एपिएफका क्षितीज खनालले हुम्लाका दशरथ बुढालाई २१–८, २१–१०, आर्मीका सुविन श्रेष्ठले देबीनगर ब्याडमिन्टन क्लबका हेमन्त ऐरलाई २१–१९, २१–१०, आर्मीकै लक्ष्मण रानाले पुलिसका हिरा राईलाई १७–२१, २१–९, २३–२१ र पुलिसका पुर्ण बहादुर थापाले देबीनगर ब्याडमिन्टन क्लबका अमन भट्टलाई २१–१२, २१–१४ ले पराजित गर्दै प्रिक्वाटरफाईनलमा स्थान बनाए ।
यस्तै प्रिक्वाटरफाईनलमा स्थान बनाउने क्रममा आर्मीका पविन लिनथेपले सुर्खेतका अनिल मल्ललाई २१–१७, २१–१३, आर्मीकै अभय महराले पर्साका सत्यम बिपिन मिश्रलाई २१–८, २१–११, आर्मीकै सन्तोष पनेरुले एपिएफका अमन महर्जनलाई २२–२०, २१–१८, पाँचथरका दिवश संकरले पुलिसका अविक श्रेष्ठलाई २१–१३, २२–२०, युनिग्लोब कलेजका सक्षम ढकालले पर्फेक्ट फिटनेश क्लबका दिनेश के.सी.लाई २१–६, २१–८, एपिएफका सुजन थापाले आर्मीका डेभिड थापा मगरलाई २१–१७, २१–१८, आर्मीका नरेन्द्र बलमे पर्साका कृष्णराज अडियालाई २१–१०, २१–५, एपिएफका रोशन साउदले आर्मीका सौर्य महर्जनलाई २१–१३, २१–९, कम्प्लिट हेल्थ क्लबका नगेन्द्र लिम्बुले देबीनगर ब्याडमिन्टन क्लबका गौरव तण्डुकारलाई २१–१३, २१–७, एपिएफका भोज बहादुर गुरुङ्गले आर्मीका सुप्रिम पन्तलाई २१–१५, १७–२१, २१–१४, नखिपोटका बिवेक चौधरीले आर्मीका हिमाल चन्दलाई १९–२१, २१–७, २१–१७ र एपिएफका अरुण अधिकारीले देबीनगर ब्याडमिन्टन क्लबका बबिश थापालाई १४–२१, २१–१४, २१–१९ ले पराजित गरे ।
 

बुधबार १६ फागुन २०८० १२:०६ PM मा प्रकाशित

प्रतिक्रिया