×

स्नेहाज् केयरले बौद्धको उत्पला क्याफे प्रांगणमा भिगन खाना महोत्सव आयोजना गर्दै

images

स्नेहाज केयरले हरेक बर्ष झै, यहि  फाल्गुण १९ गते (March 2nd, 2024) शनिबारका दिन काठमाडौँको बौद्ध अवस्थित उत्पला क्याफे (Utpala Cafe) को प्रांगणमा Vegan food Festival आयोजना हुने भएको छ । उक्त कार्यक्रम ग्रासरूट मुभमेन्ट इन नेपाल  र नेपाल होमस्टे टुरिजम् सर्भिसेजसँग सहकार्य गरिएको छ भने वृत्तचित्र स्क्रीनिङको प्रायोजकको  रुपमा   भिगन ट्राभल एसिया र भेज भोयजेज फाउन्डेसन ले निर्वाह गरेका छ । अन्य कार्यक्रम भने थ्राइभ फिलान्थ्रोपी (Thrive Philanthropy)ले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । 

कार्यक्रमको उद्देश्य वनस्पतिमा आधारित परिकारहरुको प्रचार प्रसार गर्ने साथ साथै वनस्पतिमा आधारित जिवन शैलीलाई प्रवद्र्धन गर्नु हो । यस महोत्सवमा वनस्पतिमा आधारित खानाको परिकार, र सामाग्रीको प्रदर्शन, साथ साथै विक्रि वितरण हुने हुँदा भिगन रेस्टुरेन्ट, भिगन सामाग्रीहरुको विके्रताहरुलाई स्टल राख्ने समेत व्यवस्था छ   ।

यस महोत्सवलाई भव्य बनाउन विभिन्न रोमांचक गतिविधिको आयोजना  (  जस्तै: लाइभ म्यूजिक, नृत्य प्रस्तुति, वृत्तचित्र स्क्रीनिङ, बालबालिकाका निम्ति प्रतिस्पर्धात्मक खेल इत्यादि कार्यक्रम रहेका छन्। यस कार्यक्रमको प्रचार गरी भोजनकै कारणसमेत विश्वव्यापी जलवायु परिवर्तनमा पारेको असर रोक्न भूमिका खेल्ने सन्देश दिने भएको छ  |   कियरले विगत ८ वर्षदेखि पशु कल्याणका क्षेत्रमा विभिन्न कार्यहरू गर्दै आएको छ । केयरले पशुपंक्षीहरूको उपचार, उद्धार तथा पुनस्र्थापना,सामुदायिक कुकुरहरूको जनसंख्या नियन्त्रणका लागि बन्ध्याकरण, रेविज विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै  आइरहेका छन । साथै, बेबारिसे गाई बाच्छाहरूको उद्धार, उपचार तथा पुनस्र्थपना, लामो दुरीमा गरिने पशु ढुवानीमा निगरानी लगायतका जस्ता कार्य पनि   गर्दै आएको जानकारी दिएको छ । यस्तै, स्नेहा केयरले पशु कल्याणका लागि कानुनको अभाव रहेको भन्दै सरकारलाई पशु अधिकारका लागि कानुन बनाउनका सरकार लाई  दवाव दिंदै आएको छ ।

 

 

बुधबार १६ फागुन २०८० ०३:३२ PM मा प्रकाशित

प्रतिक्रिया