×

सुनको भाउ ताेलाकै एक लाख ७०० रुपैयाँ पुग्याे

images

काठमाडौं । मंगलबार सुनको भाउ महंगिएको छ । आज सुन तोलामा २०० रुपैयाँले बढेको हो । यस दिन चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख ५०० रुपैयाँ कायम रहेको थियो । साताको तेश्रो दिन, चाँदीको मूल्य लगातार तेश्रो दिन स्थिर रहेको छ । शुक्रबारदेखि चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

मङ्गलबार १२ पुस २०७९ ०१:०३ PM मा प्रकाशित

प्रतिक्रिया