×

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी

images

चितवनस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी भएको छ । शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ ।

घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् । आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ । आगलागी शुक्रवार राति भएको बताइएको छ । शनिबार कार्यालय खोलेर हेर्दा सामान जलेपछि सो पार्टीले घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो ।

आइतबार​ ११ मंसिर २०७९ ११:३० AM मा प्रकाशित

प्रतिक्रिया