×

महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित, हारे गिरिराजमणि

images

काठमाडौं । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् । महतो नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

images

प्रतिनिधिसभा सदस्य निर्वाचन- १५४ सिटको टुङ्गो लाग्दा कुन दलले कति सिट जिते ? (सूचीसहित)

काठमाडौंं ।  निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार विहानसम्म १५४ वटा सिटको टुङ्गो लागेको छ भने अझै ११ वटा क्षेत्र...

महतोले २३ हजार ४०२ मत ल्याएर विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मत पाए । यस्तै, स्वतन्त्र उम्मेदवार पोषणबहादुर थापाले ७ हजार ८१२,  जनमत पार्टीका राजकिशोर साहले तीन हजार ५९८,  राष्ट्रिय स्वतन्त्र पार्टीकी खेमकुमारी भुर्तेलले दुई हजार ६४ मत पाइन् ।

आइतबार​ ११ मंसिर २०७९ ०८:०५ AM मा प्रकाशित

प्रतिक्रिया