प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्ष र समानुपातिकको मतगणना जारी छ। प्रत्यक्षतर्फ १६५ मध्ये १५६ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। जसमा नेपाली कांग्रेसले अग्रता बनाएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समानुपातिक तर्फ २३ लाख बढी मत प्राप्त गरेको छ। एमालेको २३ लाख नाघ्दा कांग्रेससँगको अन्तर बढाउँदै १ लाख नघाएको छ।
एमाले २३ लाख ८९६ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २२ लाख १ हजार ७९४ मत पाएको छ भने समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै तेस्रो स्थान उक्लिएको नेकपा (माओवादी केन्द्र) ले ९ लाख ६५ हजार ३४५ मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २१ हजार ७ सय ६० मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८६ हजार २९७, जनता समाजवादी पार्टीले २ लाख ८७ हजार ४७७, नेकपा (एकीकृत समाजवादी) ले २ लाख २० हजार ५२८ मत प्राप्त गरेको छ।
प्रतिक्रिया