×

राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन आज, न्यौपानेको एकल उम्मेदवारी

images

काठमाडौं । राज्य व्यवस्था तथा शासन समितिको सभापति पदको निर्वाचन आज हुदै छ ।

मंगलबार भएको उम्मेदारी दर्तामा नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेको मात्र मनोनयन दर्ता भएकोले उनी निर्बिरोध निर्वाचित भएकी छन् । आज दिउसो ३ बजे बस्ने समितिको बैठकले औपचारिक रुपमा न्यौपाने निर्वाचित भएको घोषणा गर्ने छ ।

दलीय भागबन्डा अनुसार कांग्रेसको भागमा पारो हुनाले राज्य व्यवस्था समितिको सभापतिको लाग अन्य दलले उम्मेदवारी दिएका थिएनन् । न्यौपानेको प्रस्तावकमा कांग्रेसका सांसद रामहरी खतिवडा रहेका छन् भने समर्थकमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ रहेको संसद सचिवालयले जानकारी दिएको छ । एक मात्र उम्मेदवारी परे पछि अब न्यौपाने सभापति हुने निश्चित भएको छ । अब आज दिउँसो ३ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले न्यौपानेलाई सभापतिमा निर्वाचित गर्ने प्रस्ताव पेश हुने भएको छ ।

यस अगाडि कांग्रेसकै सांसद रामहरी खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा विवादमा परेपछि नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए ।  संघीय संसद नियमावलीमा समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति निर्वाचित गरिसक्नु पर्ने व्यवस्था गरिएकाले आज निर्वाचन हुन लागेको छ ।

बुधबार ११ भदौ २०८२ ०८:५० AM मा प्रकाशित

प्रतिक्रिया