×

यि हुन बागमतीका १३ मन्त्रालयका १४ मन्त्री

images

मकवानपुर । बागमती प्रदेश सरकारमा मन्त्रीण्डल बिस्तार गरिएको छ । नेपाली कांग्रेस तर्फबाट थपिएका ४ मन्त्रीले आज सपथ लिएका छन । अब १३ मन्त्रालय रहेको बागमतीमा १४ मन्त्री भएका छन् । मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गरेका ४ मन्त्रीले शपथ ग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले कांग्रेसका ४ मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख शर्माले कांग्रेसका सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, हरिप्रभा खड्गी र विमल ठकुरीले शपथ ग्रहण गरेका हुन् ।

उनीहरूको शपथपछि मन्त्रालयको कार्यभार समेत तोकिएको छ । बुधवार नियुक्त भएका ३ र बिहीबार नियुक्त भएका ४ जना गरी कांग्रेसका ७ मन्त्रीको जिम्मेवारी तोकिएको हो ।

लामिछानेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, महर्जनले युवा तथा खेलकुद मन्त्रालय, खड्गीले सामाजिक विकास मन्त्रालय र ठकुरीले संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसअधि नियुक्त भएका कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् भने श्यामबहादुर खड्काले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाएका छन् । मदुकुमार श्रेष्ठलाई बिना बिभागिय मन्त्री बनाइएको हो ।

शनिबार १२ साउन २०८१ ०८:३५ PM मा प्रकाशित

प्रतिक्रिया