×

नाउपा विवाद: कार्यबाहक अध्यक्षको जिम्मेवारी बास्तोलालाई

images

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई दिएकी छन् ।

शुक्रबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले २४ घन्टाभित्र बैठक  बोलाउन अल्टिमेटम दिएको प्रसंगमा श्रेष्ठमाथि दबाब बढेको बेला उनले आफ्नो स्वास्थ्यको कारण देखाउदै पार्टीका वरिष्ठ नेता शिव बास्तोलालाई कार्यबाहकको जिम्मेवारी दिएकी हुन् ।

उनले अस्वस्थताका कारण पार्टी को अन्तरिम बिधान २०७८ को धारा २० को उपधारा ९ बमोजिम जिम्मेवारी प्रदान गरिएको जानकारी गराएकी छन् ।

 

Single Image

आइतबार​ १२ साउन २०८२ ०३:२६ PM मा प्रकाशित

प्रतिक्रिया