×

प्रधानमन्त्री शाहले लिए शपथ

images

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री शाहले पद तथा गोपनीयताको शपथ लिएका हुन्। यस लगत्तै मन्त्रीहरुले शपथ लिने छन्। शपथ कार्यक्रममा १०८ जना बटुकले स्वस्तिक वाचन गरेका थिए। १०७ बौद्ध लामा गुरुहरूले मंगल वाचनसाथै ७ जना ब्राह्मणले शंखनाद गरी शपथ ग्रहण समारोहलाई सनातन परम्पराअनुसार सम्पन्न गरिएको छ।

शुक्रबार​ १३ चैत २०८२ १२:५१ PM मा प्रकाशित

प्रतिक्रिया