×

नेकपा एमालेको सचिवालय बैठक ११ बजे बस्दै

images


काठमाडौं । नेकपा एमालेको सचिवालय आज बिहान ११ बजे बस्दै छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन र प्रधानमन्त्री

पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्रीको  जेनेभा भ्रमण रोकेको विषयमा पनि छलफल हुने भनिएको छ ।  

राष्ट्रपति एमालेले पाउने सहमति भएतापनि माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेको छ । पौडेललाई कांग्रेस,

माओवादी, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपला, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चाको समर्थन छ । 
 

सोमबार १५ फागुन २०७९ १०:२१ AM मा प्रकाशित

प्रतिक्रिया