×

क्यानले बन्द प्रशिक्षणमा बोलायो २८ खेलाडी, टीममा परेनन् सन्दीप

images

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी महिना हुने विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

आगामी फेब्रुअरी १४ देखि २१ सम्म त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि क्यानले आज खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । तर, सन्दीप लामिछाने लाई भने टीममा समेटिएको छैन । किशोरी बलात्कारको आरोप लागेका सन्दीप अघिल्लो हप्तामात्रै धरौटीमा रिहा भएका थिए ।

टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्ने छन् । क्यानले सर्वजानिक गरेको २८ खेलाडीमा केही पुराना खेलाडीले पुनरागमन गरेका छन् भने केही नयाँ अनुहार समेटिएका छन् ।

लामिछानेविरुद्ध बलात्कारको उजुरी परेपछि २० असोजमा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर त्यसविरुद्ध लामिछानेले गरेको पुनरावेदनमा उच्च अदालत, पाटनले २० लाख धरौटीमा सर्शत रिहा गर्न आदेश दियो । त्यसअनुसार उनी २९ पुसमा थुनामुक्त भएका छन् ।

शुक्रबार​ १३ माघ २०७९ ०५:२८ PM मा प्रकाशित

प्रतिक्रिया