×

भदौ २३ र २४ गतेको घटना छानविन जाँचबुझ आयोग विरुद्धको रिट सर्वाेच्चले गर्‍याे खारेज

images

काठमाडौं। भदौ २३ र २४ गतेको घटना छानविन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगविरुद्ध दायर भएको रिट खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट खारेज गर्दै निर्देशनामक आदेश जारी गरेको हो ।

आयोगको निष्पक्षता र औचित्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता विपिन ढकालले गत कात्तिक १८ गते सर्वोच्चमा रिट दायर गरेका थिए । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका घटना जाँचबुझका लागि सरकारले पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको थियो। सदस्यमा विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी रहेका छन् ।

आयोगका अध्यक्ष कार्की र सदस्य शर्मा पूर्वाग्रही र विषयवस्तुबारे तटस्थ नभएको र आयोगको काम निष्पक्ष हुन नसक्ने दाबी रिट निवेदकको रहेको थियो । कार्की आयोगको अध्यक्ष हुनुभन्दा पहिला उनले व्यक्त गरेको अभिव्यक्तिमाथि समेत प्रश्न उठाइएको थियो ।

 

शुक्रबार​ ११ पुस २०८२ ०३:४४ PM मा प्रकाशित

प्रतिक्रिया