×

नयाँ सरकारलाई लगानीकर्ताको हरियो झण्डा, ५६.८६ अंकले बढ्यो बजार

images

नेपाली धितोपत्रको दोस्रो बजारका लगानीकर्ताहरुले नयाँ सरकारलाई हरियो झण्डा देखाएका छन्।

देशमा नयाँ राजनीतिक परिवर्तनसँगै दोस्रो बजारमा पनि उत्साह छाएको हो। सोमबार ५६.८६ अंकले बढेको बजार १९२४.०७ बिन्दुमा उक्लिएको हो । एमालेका उपाध्यक्ष पौडेललाई अर्थमन्त्रीका रुपमा नियुक्त गर्दैगर्दा यसअघि पनि बजारले सकारात्मक प्रतिक्रिया दिने गरेको थियो । सोमबार ३.०५ प्रतिशतले बजार बढेको हो ।

बजारमा कारोबार रकममा समेत उल्लेख्य सुधार भएको छ । सोमबार कुल २५० धितोपत्रको ३८ हजार ५५३ वटा कारोबारबाट ५६ लाख ५३ हजार ५३ कित्ता सेयर किनबेच भएको छ । जसबाट २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार अन्य उपसूचक बाहेक सबै उपसूचकमा हरियाली देखियो ।

यस दिन गुर्खाज फाइनान्समा सकारात्मक सर्किट लागेको छ । द्यौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सृजनसिल लघुवित्तको मूल्य ९.९९ प्रतिशतले वृद्धि भयो । नेपाल टेलिकमको सबैभन्दा धेरै ५.५६ प्रतिशतले मूल्य घट्यो ।

सोमबार ११ पुस २०७९ ०५:४० PM मा प्रकाशित

प्रतिक्रिया