काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को खेलमा पोल्यान्डले साउदीअरबलाई पराजित गर्दै पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा पोल्याण्डले साउदी अरेबियालाई २-० गोल अन्तरले हराएको हो ।
एजुकेसन स्टेडियममा खेलको ३९ औं मिनेटमा रोबोर्टो लेवान्डोस्कीको गोलमा जेलिन्स्कीले गोल गर्दै पोल्यान्डलाई अग्रता दिलाएका हुन् । खेलको ४४ औं मिनेटमा साउदी अरेबियाले पेनाल्टी पाएको थियो । तर पोल्यान्डका गोल रक्षकले जोगाए ।
खेलको ८२ औं लेवान्डोस्कीले गोल गर्दै पोल्यान्डलाई २–० गोलको जित दिलाए । जितसँगै पोल्यान्डले २ खेलबाट ४ अक जोडेको छ । यता साउदी अरेबियाको ३ अंक छ । यसअघि साउदी अरेबियाले अर्जेन्टिनालाई हराएको थियो । हार बेहोरेसँगै साउदीअरबले एक खेल अगावै अन्तिम १६ मा प्रवेश गर्ने अवसर गुमाएको छ । पहिलो खेलमा साउदीअरबले अर्जेन्टीनालाई २–१ गोलको नतिजामा पराजित गरेको थियो । यस्तै, पोल्यान्ड र म्याक्सिकोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।
समूह‘सी’ अन्तर्गत आजै हुने दोस्रो खेलमा अर्जेज्टिना र मेक्सिको भिड्दैछन् ।
प्रतिक्रिया