×

इंग्ल्यान्ड र अमेरिका, नेदरल्यान्ड्स र इक्वेडरको बराबरी

images

दोहा । इंग्ल्यान्ड र अमेरिकाले विश्वकप २०२२ मा शुक्रबार गोलरहित बराबरी खेलेका छन् । समूह ‘बी’ को यस खेलपछि इंग्ल्यान्ड चार अंकसहित शीर्ष स्थानमा छ । उसको पछाडि तीन अंकमा इरान रहेको छ । इरानले अर्को खेलमा वेल्सलाई २–० ले पराजित गर्‍यो । इरानका लागि रोजबेह चेस्मी र रामिन रिजाइनले गोल गरे ।


समूहमा अमेरिका दुई अंक र वेल्स एक अंका छन् । त्यस अगाडि समूह ‘ए’ को खेलमा नेदरल्यान्ड्स र इक्वेडरले १–१ को बराबरी खेले । नेदरल्यान्ड्सले कोडी ग्याम्पोको गोलले अग्रता लिएको थियो । तर इक्वेडरका तर्फबाट इनर भ्यालेन्सियाले गोल गर्दै खेल बराबरीको नतिजामा ल्याए । दिनको पहिलो खेलमा कतार सेनेगलसँग ३–१ ले पराजित रहेको थियो ।

यी नतिजासँगै आयोजक कतार प्रतियोगिताबाट बाहिरिएको छ । समूहमा नेदरल्यान्ड्स र इक्वेडरको चार चार अंक छ । त्यस पछाडि सेनेगल तीन अंकमा छ । लगातार दुई खेल गुमाएको कतार भने शून्य अंकमा छ । अब कतारले आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सको सामना गर्नेछ र यो उसका लगि प्रतिष्ठाको खेल मात्र हुनेछ । 
 

शनिबार १० मंसिर २०७९ ०८:३३ AM मा प्रकाशित

प्रतिक्रिया