×

समानुपातिकतर्फ ७६ लाख मत गन्दा एमालेले कटायो २१ लाख मत (सूचीसहित)

images

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ । आयोगले साँझ उपलब्ध गराएको विवरणअनुसार कूल ४७ राजनीतिक दलले प्राप्त गरेको मत गणना गरेको हो । 

images

सर्लाही–२ बाट राजेन्द्र महतोलाई हराउदै महिन्द्र राय यादव निर्वाचित

जनकपुरधाम । सर्लाही–२ बाट प्रतिनिधिसभामा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादीक...

समानुपातिक निर्वाचन प्रणालीमार्फत कूल एक सय १० प्रतिनिधिसभा सदस्य चुनिने संवैधानिक व्यवस्था छ ।  समानुपातिक तर्फ नेकपा एमालेले २१ लाख मत कटाएको छ ।  आयोगले सार्वजनिक गरेको साँझ ६:२५ बजेसम्मको मतपरिणाम अनुसार एमालेले २१ लाख ५ हजार ७४९ मत ल्याएको छ ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले २० लाख २७ हजार ४१८ मत पाएको छ।नेकपा माओवादी केन्द्रले ८ लाख ९५ हजार ८६४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ६२ हजार ८९२ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ६० हजार ३०२ मत पाउँदा जनता समाजवादी पार्टीले २ लाख ४९ हजार ६२४ मत पाएको छ । नेकपा एकीकृत समाजवादीले १ लाख ९५ हजार ३४४ मत पाएको छ । मङ्सिर चार गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कूल ६१ प्रतिशत मतदान भएको थियो । सो निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार थियो ।

निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार चार सय १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।

शनिबार १० मंसिर २०७९ ०८:१० PM मा प्रकाशित

प्रतिक्रिया