×

मोरङ ३ बाट कांग्रेसका शुनिल शर्मा विजयी, रेखा थापा तेस्रो

images

काठमाडौं । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका शुनिलकुमार शर्मा निर्वाचित भएका छन् । कांग्रेसका शर्माले पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

शर्माले ४८ हजार ६३१ मत ल्याएर विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्रै पाए । यस्तै, राप्रपाकी उम्मेदवार रेखा थापाले १० हजार ९९८ मत पाएर तेस्रो भएकी छन् ।

शनिबार १० मंसिर २०७९ ०९:३८ AM मा प्रकाशित

प्रतिक्रिया