×

यस्तो छ समानुपातिकतर्फको बन्दसूचीको अन्तिम नामावली (सूचीसहित)

images

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेश गरेको बन्दसूचीको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगको बन्दसूचीको अन्तिम नामावली प्रकाशन गर्ने कार्य तालिका अनुसार नै आज अन्तिम नामावली प्रकाशन गरेको हो । 

आयोगले प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्दसूची रहेकामध्ये नाम हटाइएका उम्मेदवारहरुको विवरण सार्वजनिक गरेको हो । विभिन्न पार्टीबाट बन्दसूचीमा नाम रहेकामध्ये ५५० जनाको नाम आयोगले हटाएको हो । उमेर नपुगेका, जरिवाना नतिरेका तथा सरकारी नियुक्ति लिएर बसेका लगायतको नाम बन्दसूचीबाट हटाइएको छ। 

प्रतिनिधिसभातर्फको ११० सिटका लागि ४७ वटा राजनीतिक दलले बन्दसूची पेश गरेका थिए भने प्रदेशसभामा २२० सिटका लागि विभिन्न राजनीतिक दलले बन्दसूची पेश गरेका थिए ।

जसमा प्रदेश एकमा ३७, मधेश प्रदेशमा ४३, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ३५, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ सिटका लागि विभिन्न राजनीतिक दलले बन्दसूची पेश गरेका थिए ।


यस्ताे छ प्रदेशगत सूची

 

बुधबार ९ कात्तिक २०७९ ०७:३२ PM मा प्रकाशित

प्रतिक्रिया