×

स्रष्टा समाजको सातै प्रदेशमा संयोजक

images

काठमाडौँ, ९ असोज - वि.सं.२०६४ मा स्थापना भएको नेपाल स्रष्टा समाजको वर्तमान कार्यसमितिले एक वर्ष पूरा गरेको छ ।

यसै अवसरमा सातै प्रदेशमा संयोजकहरुको व्यवस्था गरेको छ । जस अनुसार कोसी प्रदेशमा कृष्णप्रसाद भण्डारी मार्सेली, मधेस प्रदेशमा लक्ष्मी रेशमी, बागमती प्रदेशमा रवीन्द्र आशीष शैली, गण्डकी प्रदेशमा रिता न्यौपाने पहारी, लुम्बीनी प्रदेशमा रुद्र ज्ञवाली, कर्णाली प्रदेशमा देवकी तिमिल्सिना र सुदूरपश्चिम प्रदेशमा लक्ष्मीदत्त भट्ट रहेका छन् ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा बसेको वार्षिक समीक्षात्मक बैठकले सो निर्णय गरेको हो । उक्त बैठकमा समाजका संरक्षक पवन आलोक, सल्लाहकारहरु नगेन्द्रराज शर्मा, शैलेन्द्र साकार, रमा शर्मा, चन्द्रप्रसाद भट्टराई र विधान आचार्यले वर्तमान समितिले गरेका कार्यको प्रशंसा गरेका थिए । कार्यक्रममा महासचिव देविका तिमिल्सिनाले वार्षिक गतिविधि र कोषाध्यक्ष तारा सुवेदीले आर्थिक स्थितिको जानकारी गराएका थिए ।

मङ्गलबार ९ असोज २०८० ०१:४६ PM मा प्रकाशित

प्रतिक्रिया