×

स्रोत नखुलेको ९१ लाख नगदसहित भनिमण्डलबाट एक जान पक्राउ

images

ललितपुर, ललितपुर महानगरपालिका-४ भनिमण्डल शान्तिकुना मार्ग डेरा गरी बस्ने सिन्धुली घर भएका २६ वर्षीय गौरब स्याङ्तानलाई स्रोत नखुलेको नगद ९१ लाख ५० हजार रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मङ्गलबार १० भदौ २०८२ ०९:०९ PM मा प्रकाशित

प्रतिक्रिया