×

विद्या भण्डारीको रास्वपाका प्रवक्ता झासँग भेटवार्ता, रविप्रति सद्भाव व्यक्त

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान भण्डारीको निवास भंगालमा रास्वपा प्रवक्ता झाले भण्डारीसँग लगभग डेढ घण्टा छलफल गरेको जानकारी दिएका हुन् ।

झाले एउटा राजनीतिक शिष्टाचार भेटघाट रहेको बताउदै कुनै विशेष एजेन्डा भन्दा पनि राजनीतिक संवादको सुरुवात स्वरूपको भेटघाट भएको बताएका छन् । झाले भेटपछि वर्तमान असाधारण राजनीतिक अवस्था बारेमा भण्डारीको सरोकार र यसको समाधानको आवश्यक पहलबारे छलफल भएको जानकारी दिए ।

उनले सहकारीको विषयमा समाधान गर्नुको साटो यसलाई अनावश्यक राजनीतिक मुद्दा बनाएको प्रति भण्डारीले सरोकार राखेको र रविप्रति सद्भाव रहको बताएको उल्लेख गरेका छन् । भण्डारीले भेटमा नयाँ पुस्ता राजनीतिमा आउनु राम्रो हो र त्यसप्रति अभिभावकको भूमिका निर्वाह गर्न आफू तयार रहेको नयाँ पुस्तालाई राजनीतिमा सघाउन तयार रहेको बताएको झाले जानकारी दिए ।

मङ्गलबार १० भदौ २०८२ ०१:२९ PM मा प्रकाशित

प्रतिक्रिया