×

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपानेको मात्र उम्मेदवारी दर्ता

images

काठमाडौं । राज्य व्यवस्था तथा शासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेको मात्र मनोनयन दर्ता भएको छ ।

संघीय संसद सचिवालयले आज दिउसो ४ बजेसम्म दिएको समयमा न्यौपानेको मात्र उम्मेदवारी दर्ता भएको जानकारी दिएको छ । न्यौपानेको प्रस्तावकमा कांग्रेसका सांसद रामहरी खतिवडा रहेका छन् भने समर्थकमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

एक मात्र उम्मेदवारी परे पछि अब न्यौपाने सभापति हुने निश्चित भएको छ । अब बुधबार दिउँसो ३ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले न्यौपानेलाई सभापतिमा निर्वाचित गर्ने प्रस्ताव पेश हुने भएको छ ।

यस अगाडि कांग्रेसकै सांसद रामहरी खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा विवादमा परेपछि नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए ।

संघीय संसद नियमावलीमा समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति निर्वाचित गरिसक्नु पर्ने व्यवस्था गरिएकाले बुधबार निर्वाचन हुन लागेको छ ।

 

 

Single Image

मङ्गलबार १० भदौ २०८२ ०९:०२ PM मा प्रकाशित

प्रतिक्रिया