×

‘इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ’ मा नबिल बैंक उत्कृष्ट, नयाँ दिल्लीमा अवार्ड ग्रहण

images

नयाँ दिल्ली, भारत — इन्डियन चेम्बर अफ कमर्स (ICC) द्वारा भारतको नयाँ दिल्लीमा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्डस्, २०२६’ मा नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मानबाट पुरस्कृत भएको छ।

शुक्रबार आयोजित विशेष समारोहका बीच नबिल बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अन्तर्राष्ट्रिय सम्मान ग्रहण गरेका हुन्।

उक्त अवार्ड कार्यक्रममा आयोजक राष्ट्र भारतसहित नेपाल, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड र बङ्गलादेशका अग्रणी बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो। भारतीय उद्योग तथा वाणिज्य क्षेत्रको प्रतिष्ठित संस्था ICC ले उत्कृष्ट सेवा, वित्तीय सबलता र सुशासनका आधारमा बैंकहरूलाई मूल्याङ्कन गरी यो सम्मान प्रदान गरेको हो।

यो सफलताप्रति खुसी व्यक्त गर्दै नबिल बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत (Acting CEO) भूपेन्द्र पाण्डेले ग्राहकहरूको अटुट विश्वास, कर्मचारीहरूको समर्पण र सम्पूर्ण सरोकारवालाहरूको निरन्तर सहयोगका कारण बैंकले पुन: अन्तर्राष्ट्रिय मञ्चमा गौरव हासिल गर्न सफल भएको बताए।

"हामीलाई निरन्तर साथ, सहयोग र हौसला प्रदान गर्ने सम्पूर्ण ग्राहकवर्ग, नियमनकारी निकाय तथा सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दछौँ," पाण्डेले भने।

अन्तर्राष्ट्रिय सफलताको निरन्तरता

नबिल बैंकका लागि यो पहिलो अन्तर्राष्ट्रिय सम्मान भने होइन। बैंकले हालसालै विश्वप्रसिद्ध युरोमनी अवार्डस् फर एक्सेलेन्स (Euromoney Awards for Excellence) अन्तर्गत पनि तीन मुख्य उपाधि जित्न सफल भएको थियो:

  • नेपाल्स बेस्ट बैंक (Nepal's Best Bank)

  • नेपाल्स बेस्ट बैंक फर ESG (Nepal's Best Bank for ESG)

  • नेपाल्स बेस्ट बैंक फर SME (Nepal's Best Bank for SME)

४ दशकको बैंकिङ यात्रा

निजी क्षेत्रको अग्रणी वाणिज्य बैंकका रूपमा विगत ४ दशकदेखि कार्यरत नबिल बैंकले हाल देशभर रहेका २६४ शाखा३१५ एटीएम सञ्जालमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले हालै आफ्नो नयाँ सोच ‘बैंकिङ एण्ड बियोन्ड’ (Banking & Beyond) मार्फत समावेशी र समृद्ध अर्थतन्त्र निर्माणमा जोड दिँदै आएको छ।

आइतबार​ १० साउन २०८३ १२:३३ PM मा प्रकाशित

प्रतिक्रिया