×

कर्णालीमा हुने चलचित्र कार्यशालाको तयारी पुरा

images

काठमाडौँ । कर्णाली प्रदेशमा चलचित्र कार्यशाला २०७९ को आयोजनाको तयारी पुरा भएको छ् ।

केबी इन्टरटेनमेन्ट एन्ड गूरुप प्रा.लिको आयोजनामा यही असार  १४ देखि १९ असारसम्म कर्णाली प्रदेशको बीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली चलचित्र कार्यशाला २०७९’ आयोजनाको तयारी पुरा भएको केबी इन्टरटेनमेन्ट प्रा.लिका अध्यक्ष भूपेन्द्रकुमार खड्काले जानकारी दिनुभयो । कर्णाली प्रदेशमा गरीने यो कार्यशाला बृहत र पहिलो कार्यशाला हो ।

कार्यशालाको सम्पूर्ण तयारी पुरा भएको र ‘कर्णाली प्रदेशको भौगोलिक सुन्दरता, त्यहाँको साँस्कृतिक विविधता, जनजीवनको कथालाई चलचित्रमा ल्याउनका लागि कर्णालीमै दक्ष चलचित्रकर्मी जन्माउन यो कार्यशाला आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष खड्काले बताउनुभयो ।

विविध साधन र श्रोत भएर पनि कर्णाली प्रदेश चलचित्र निर्माणमा निकै पछाडि भएको उहाँको भनाइ छ् । खड्काले कर्णालीका जन जीवनको कथालाई काठमाडौंका सिनेकर्मी भन्दा यहीँका सिनेकर्मीले राम्ररी बुझेर सिनेमामा उतार्न सक्ने विश्वासका साथ चलचित्र कार्यशालाको आयोजना गरिएको बताउनुभयो ।

दुर सञ्चार प्राधिकरणको सह आयोजना तथा चलचित्र विकाश बोर्ड, नेपाल टेलिकम, कर्णाली प्रदेश सामाजिक विकाश मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका सुर्खेत, र उधोग बाणिज्य संघ सुर्खेतको सहकार्यमा उक्त कार्यशाला गरीने भएको छ् ।

कार्यर्शालामा बरिष्ट चलचित्र निर्देशक एवम् अभिनेता नीर शाहले विशेष कक्षा दिनुहुने भएको छ, भने चलचित्र विकाश बोर्डका निवर्तमान अध्यक्ष एबम् अग्रज चलचित्र निर्देशक दयाराम दाहालले पनि कार्यशालामा विशेष कक्षा दिने आयोजक टिमले जनाएको छ् ।

चलचित्रको कार्यशालामा चलचित्र निर्देशक गीतकार एवम् पत्रकार डब्बु क्षत्रीले चलचित्र लेखन निर्देशन, छायाँकार बिष्ण कल्पितले छायाँकन, अभिनेता भोलाराज सापकोटाले अभिनय, सम्पादक प्रितम पाण्डेले सम्पादन, र लेखक शिबम अधिकारीले लेखनसम्बन्धि कक्षा दिने बताइएको छ् ।

बरिष्ट चलचित्र निर्देशक राजु केसीले कार्यशालाको संयोजन तथा गीतकार कलाकार हरि बिष्टले स्थानीय व्यबस्थापन एवम् सरिता भारतीले कार्यशालाको मिडिया सँयोजन र विश्व सापकोटाले पब्लिसिटी व्यबस्थापन गर्नुहुने भएको छ् ।

एक साता लामो यो कार्यशालामा चलचित्र प्रोडक्सनलाई बढी महत्व दिईने संयोजक राजु केसीले बताउनुभयो । प्रि प्रोडक्सन, प्रोडक्सन र पोष्ट प्रोडक्सन अन्तर्गत चलचित्रबारे अनुसन्धान, लेखन, निर्देशन, निर्माण, छायाँकन, सम्पादन र अभिनय जस्ता विधामा प्रशिक्षण दिईने छ । 

जसका लागि नेपाली चलचित्र उधोगका दक्ष चलचित्रकर्मीले कर्णाली चलचित्र कार्यशालामा प्रशिक्षण दिने भएका छन् । यो कार्यशालामा सकेसम्म कर्णाली प्रदेशका सबै जिल्लाबाट कम्तीमा एक एक जना मात्र भए पनि प्रशिक्षार्थी समेट्ने हाम्रो प्रयास भैरहेको संयोजक केसीले बताउनुभयो ।

चलचित्र कार्यशालामा सहभागी विधार्थीहरुले एक सातासम्म चलचित्र सिकेर प्रयोगात्मक रुपमा चलचित्र पनि निर्माण गर्ने आयोजक टिमले बताएको छ् । 

आइतबार​ १२ असार २०७९ ०१:१५ PM मा प्रकाशित

प्रतिक्रिया