×

कैलाली आसपासका केही ठाउँमा भारी वर्षा : सतर्कता अपनाउन आग्रह

images

अहिले कैलाली आसपासका केही ठाउँमा भारी वर्षा भइरहेको छ । कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जलसतहले सतर्कता तह पार गरेको छ ।

जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा  विशेष सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यसअघि महाशाखाले कास्कीमा सतर्कता अपनाउन आग्रह गरेको थियो ।

कास्कीमा गएराति भारी वर्षा भएको थियो । कास्कीको लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा अति भारी वर्षा मापन गरिएको छ । आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको थियो ।

आइतबार​ १२ असार २०७९ १२:०५ PM मा प्रकाशित

प्रतिक्रिया