×

संक्रमणकालीन न्यायको विषय हामी सबैको साझा हो : सचेतक रमेश लेखक

images

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायको विषय हामी सबैको साझा भएको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथिको छलफलमा भाग लिँदै उनले संक्रमणकालीन न्यायको विषय हामी सबैको साझा भएको बताएका हुन्।

‘अहिले सरकारले जुन विधेयक प्रस्तुत गरेको छ। यसले संक्रमणकालीन न्यायको विषयलाई ठीक ढंगले सम्बोधन गर्नेछ भन्ने विश्वास लिएको छु। र, म आग्रह गर्न चाहन्छु यो संक्रमणकालीन न्यायको विषय कुनै एउटा राजनीतिक दल अथवा सरकार अथवा व्यवस्थापिका वा न्यायपालिकाको मात्रै विषय होइन।

यो समग्र राष्ट्रको विषय भएको हुनाले यो हामी सबैको साझा विषय हो। र, साझा विषयकै रूपमा यसलाई अगाडि बढाउनुपर्दछ,’ उनले भने।

प्रमुख सचेतक लेखकले १० वर्षे सशस्त्र संघर्षलाई शान्तिमा रूपान्तरण गरेका राजनीतिक दलहरूले संक्रमणकालीन न्यायको कामलाई पनि छिट्टै टुंगोमा पुर्‍याउने विश्वास समेत व्यक्त गरे।

आइतबार​ १२ चैत २०७९ ०८:०१ PM मा प्रकाशित

प्रतिक्रिया