×

नेपालमा अपराध गरेर भारतीय सहजै भाग्छन्

images

काठमाडौं । मंसिर २५ गते कैलालीको बर्दगोरिया गाउँपालिका–१ मुडास्थित बादी बस्तीमा दुई भारतीय नागरिकको कुटपिटबाट स्थानीय व्यवसायी लालबहादुर बोहराको मृत्यु भयो ।

यौनकर्मीको खोजीमा उनीहरू कार चढेर बादी बस्ती पुगेका थिए । स्थानीय व्यवसायी बोहराले आफ्नो पसल अगाडि कार पार्किङ गर्न नदिँदा मदिरा सेवन गरेका ती भारतीय नागरिकले उनलाई निर्घात कुटपिट गरेका थिए ।

बस्तीमै गएर निर्दोष नागरिकको हत्या गर्ने उनीहरू सहजै भारत फर्के । सीमावारि आएर कुटपिट गर्ने चारतीय नागरिकलाई नेपाल प्रहरीले सहजै उम्किन दिएर बेइमानी गरेको स्थानीयको आरोप छ ।

गम्भिर घाइते बोहराको कोहलपुर अस्पतालमा उपचारका क्रममा दोश्रो दिन बिहानै ज्यान गयो । प्रहरीले नियन्त्रणमा लिएर छोडेपछि हत्या आरोपितहरू सजिलै भारत जान सफल भएका हुन । उनीहरुलाई अहिले सम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । आजको नागरिक दैनिकबाट

आइतबार​ १० पुस २०७९ ०९:४१ AM मा प्रकाशित

प्रतिक्रिया